समानुपातिकतर्फ विवेकशील साझा एक हजार मत कटाउन संघर्ष गर्दै

काठमाडौं – विवेकशील साझा पार्टीले आम निर्वाचन २०७९ मा समानुपातिकतर्फ जम्मा ७८९ मत प्राप्त गरेको छ ।

निर्वाचन आयोगको पछिल्लो तथ्यांकअनुसार उक्त पार्टीले समानुपातिकमा एक हजार मतसमेत कटाउन संघर्ष गर्दैछ। २०७४ को निर्वाचनमा समानुपातिकतर्फ दुई लाख १२ हजार ३६४ मत ल्याएको सो पार्टीले यसपटक भने कूल ७८९ मत प्राप्त गरेको हो ।

केही महिनाअघि मात्र उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षमा सात सिट जितेर समानुपातिकतर्फ ११ लाख १९ हजार ९९६ मत ल्याउँदा विवेकशील साझाले प्रत्यक्षतर्फ समेत खाता खोल्न सकेन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार