इलाममा विहान हुदाँ झण्डै दुई हजारको अग्रता बढाउदै एमालेका सुहाङ नेम्बाङ

इलाम क्षेत्र नम्बर २ कोे मतगणना जारी छ। आइतबार मध्यान्हबाट जारी मतगणना मध्यराती पनि जारी छ।

पछिल्लो विवरण अनुसार फाकफोकथुम सबै र चुलाचुली गाउँपालिकाको ५ वटा वडाको गणना सकिएको छ। चुलाचुली–१ मा पहिचान पक्षधर उम्मेदवार डकेन्द्रसिंह थेगिमले धेरै मत ल्याएका थिए।

एमाले उम्मेदवार सुहाङ नेम्वाङले ७ हजार ३३ मत ल्याएर पहिलो स्थानमा अग्रता कायम राखिरहेका छन्।

उनलाई नेपाली कांग्रेसका डम्बर बहादुर खड्काले पछ्याइरहेका छन्। उनले भने ५ हजार १ सय ९ मत प्राप्त गरेका छन्।

उनीहरूबीचको मतान्तर १ हजार ९ सय २४ मतको रहेको छ।

डकेन्द्रसिंह थेगिमले २ हजार २ सय ९५ मत पाएका छन्। त्यस्तै, रास्वपाका मिलन लिम्बू चौथो स्थानमा छन्। उनले १ हजार १ सय २ मत प्राप्त गरे।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार