सप्तरी २ बाट सीके राउत निर्वाचित, उपेन्द्र यादव १८ हजार मतान्तरले पराजित

काठमाडौं– सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके राउत) विजयी भएका छन् ।जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई मत १८ हजार ६३ मतान्तरले हराउँदै राउत विजयी भएका हुन् ।

राउतले ३५ हजार ४२ मत ल्याउँदा यादवले १६ हजार ९६९ मत ल्याएका थिए ।लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का जयप्रकाश ठाकुरले ७ हजार ३४७ मत ल्याएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार