सङ्क्रमितका घरघरमै अक्सिजन सिलिण्डर

वाग्मती प्रदेशको राजधानी हेटौँडामा मकवानपुर उद्योग वाणिज्य सङ्घमा सचिवालय स्थापना गरिएको कोभिड ‘हेल्प डेस्क’ले आवश्यकताअनुसार कोभिड– १९ सङ्क्रमितका घरघरमै अक्सिजन सिलिण्डर पठाउन थालेको छ ।

अक्सिजन सिलिण्डर मनहरीका लागि तीन, बस्तीपुरमा एक, बकैयाका लागि पाँच, कर्राका एक र कान्तिराजपथका लागि एक थान कोभिड–१९ सङ्क्रमित बिरामीको घरघरका लागि पठाइएको सचिवालय संयोजक कृष्णकुमार गुप्ताले जानकारी दिए ।

सङ्घको व्यवस्थापनमा स्थापना भएको कोभिड हेल्प डेस्कले जिल्लाका विभिन्न स्थानका कोभिड–१९ सङ्क्रमितलाई उपचारमा सहजीकरण गर्दै आएको छ । कोभिड–१९ सङ्क्रमित भई घरमै हाल आईसोलेशनमा बसेका बिरामीलाई माग र आवश्यकताका आधारमा घरघरमै अक्सिजन सिलिण्डर पठाउन थालिएको गुप्ताले जानकारी दिए ।

कोभिड हेल्प डेस्क मकवानपुरको टोलीले सङ्क्रमितको मनोबल बढाउने, आवश्यक्ता पर्दा फोन सम्पर्क गर्न आग्रह गर्दै र यथोथिच सहयोग गर्ने आश्वासनका लागि सङ्क्रमितको घरमै गई स्वास्थ्यबद्र्धक च्यावनप्रास तथा मेडिकल मास्क वितरण गर्दै आएको छ ।

सिलिण्डर हस्तान्तरण
कोभिड–१९ का बिरामीलाई उपचारमा सघाउ पु¥याउने उद्देश्यले हेटौँडा अस्पताललाई विभिन्न सङ्घसंस्थाले अक्सिजन उपलब्ध गराउने क्रम जारी छ । त्यसअन्तर्गत आज नेकपा )एमाले) निकट अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ)ले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौँडा अस्पताललाई ५० थान अक्सिजनसहितका सिलिण्डर हस्तान्तरण गरेको हो ।

अस्पतालमा कोभिड–१९ सङ्क्रमितको उपचारमा अक्सिजनको अभाव नहोस् भन्ने उद्देश्यले अक्सिजन सिलिण्डर सहयोग गरिएको अनेमसङ्घका जिल्ला अध्यक्ष सुमित्रा काफ्लेको जानकारी दिइन् । एमाले नेत्री एवम् प्रदेशसभा सदस्य जुनेली श्रेष्ठले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार एवम् हेटौँडा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाईंलाई उक्त सिलिण्डर हस्तान्तरण गरेकी हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार