सिरिज क्लिन स्विप गर्ने नेपाललाई अवसर

काठमाडौं । केन्या भ्रमणमा रहेको नेपालले आज घरेलु टोलीविरुद्ध तेस्रो एकदिवसीयमा प्रतिस्पर्धा गर्दैछ ।

खेल केन्याको नैरोबीस्थित जिमखाना मैदानमा मध्यान्ह १२स्४५ बजे सुरु हुनेछ। तीन खेलको सिरिजमा २(० ले अघि रहेको नेपाल सिरिज क्लिन स्विप गर्ने दाउमा छ ।

पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो । दोस्रो एकदिवसीयमा १७ रनले विजयी भएको थियो ।

तीन खेलको एकदिवसीय सिरिजमा नेपालको कप्तानी रोहितकुमार पौडेलले गरिरहेका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार