सिटीलाई हराउँदै युनाइटेडले जित्यो एफए कपको उपाधि 

प्रिमियर लिग विजेता म्यानचेस्टर सिटीविरुद्ध २-१ को जित निकाल्दै म्यानचेस्टर युनाइटेडले एफए कपको उपाधि जितेको छ । शनिबार लन्डनस्थित वेम्बली रंगशालामा भएको म्यानचेस्टर डर्बीमा युनाइटेडलाई जित दिलाउन एलेजाड्रो गार्नाचो र कोबी माइनोले गोल गरे । सिटीका जेरिम डोकुले गोल फर्काए पनि टिमको हार टार्न सकेनन् ।

खेलको ३०औँ मिनेट अलेजान्द्रो गर्नाचोले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । ३९औँ मिनेटमा कोबी माइनोले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे ।

खेलको ८७औँ मिनेटमा सिटीका लागि जेरिम डोकुले गोल गर्दै अग्रता २-१ मा झारे पनि हार टार्न सकेनन् । युनाइटेडले १३औँ पटक एफए कफको उपाधि उचाल्न सफल भएको हो । 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार