युरोकपमा स्वीजरल्याण्डको विजयी सुरुवात

काठमाडौँ । स्वीजरल्याण्डले युरोकप अन्तर्गत विजयी सुरुवात गरेको छ । शनिबार सम्पन्न समूह ए अन्तर्गतको खेलमा स्वीजरल्याण्डले हंगेरीलाई ३ -१ गोल अन्तरले पराजित गरेको हो ।

स्वीजरल्याण्डको जितमा क्वाडवो दुआह, माइकल अबिचेर र बरील एम्बोलोले एक एक गोल गरेका थिए । स्वीजरल्याण्डले २ गोल पहिलो हाफमा गरेको थियो भने तेस्रो गोल दोस्रो हाफमा गरेको थियो । त्यस्तै हंगेरीले एक गोल खेलको ६६औ मिनेटमा फर्काएको थियो । हंगेरीका लागि बार्नाबास भार्गाले गोल गरेका थिए ।

यो जितपछि स्वीजरल्याण्डले पहिलो खेलमा जित हासिल गरेर महत्त्वपूर्ण ३ अङ्क हासिल गरेको छ । समूह ए मा आयोजक जर्मनीले पनि पहिलो खेल जितेर ३ अङ्क हासिल गरेको छ ।

अब स्वीजरल्याण्डले दोस्रो खेल जुन २० मा स्कटल्यान्डसँग खेल्ने छ भने हंगेरीले जर्मनीसँग जुन १९ मा खेल्ने तालिका रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार