मण्डला थिएटरमा गुञ्जँदै पुष्पन प्रधान

थापागाउँस्थित मण्डला थिएटरमा सोमबार साँझ गायक पुष्पन प्रधान गुञ्जिने भएका छन् । ‘पन्छीः कथा भन्ने, गाउने’ शीर्षकमा उनले ब्यान्डसहित लाइभ प्रस्तुति दिँदैछन् ।

फरक स्वाद र स्वाभावको सांगितिक प्रस्तुतीका साथ पुष्पन अनि सारथीको सांगितिक कार्यक्रम ‘पंक्षीः कथा भन्ने, गाउने’ आयोजना हुन लागेको मण्डलाले उल्लेख गरेको छ ।

अन्य एकल कन्सर्टभन्दा फरक तरिकाले प्रस्तुति दिन लागेको पुष्पनले बताए । कार्यक्रममा गीतसहित गीतभित्रका कथा समेत उनको भनाइ छ । यस कन्सर्टमा पुष्पनले पन्छीसहित, एउटा सपना छ, धिनधिना, बाबुको जुँगो लगायतका लोकप्रिय गीतहरु गाउनेछन् ।

मेरिल्याण्ड राज्यमा जुन २० देखि २३ सम्म हुने महोत्सवमा नेपाल, अमेरिका, इरान, जर्मनी, पाकिस्तानलगायत ११ देशका कथानक, वृत्तचित्र, सर्ट र एनिमेसन गरि ३५ फिल्म स्क्रिनिङ हुनेछन् ।

महोत्सव उदघाटन र समापन मेरिल्याण्डस्थित एएफआई सिल्भर थिएटरमा हुने आयोजक नेपाल–अमेरिका फिल्म सोसाइटीद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

४ दिनसम्म चल्ने महोत्सवका फिल्म भने एएफआई सिल्भर थिएटर र ग्रीनबेल्ट थिएटरमा प्रदर्शन हुने उल्लेख छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार