आज देशभर बदली, पहाडी भेगमा हावाहुरी सहित वर्षाको सम्भावना

हाल नेपालमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

उक्त प्रभावका कारण अहिले बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा चट्याङ्सहित हल्का वर्षा भैरहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागका थोरै स्थानहमा मेघगर्जन, चट्याङ् र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।

त्यस्तै आज राती कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही कोशी, मधेश र सुदूरपश्चिम प्रदेशमा चट्याङ् र हावा हुरी सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार