राजस्थानलाई पराजित गर्दै हैदरावाद आइपिएलको फाइनलमा

सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आइपिएल)को फाइनलमा पुगेको छ ।

गएराति दोस्रो क्लालिफायरमा राजस्थान रोयल्सलाई ३६ रनले पराजित गर्दै हैदरावादले फाइनलमा स्थान पक्का गरेको हो ।

हैदरावादले दिएको १७६ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ७ विकेट गुमाएर १३९ रन मात्रै बनाउन सक्यो ।

राजस्थानलाई पराजित गर्ने क्रममा हैदरावादका शहबाज अहमदले तीन र अभिषेक शर्माले २ विकेट लिए । त्यस्तै कप्तान प्याट कमिन्स र नटराजनले एक/एक विकेट लिए ।

एमए चिदम्बरम स्टेडियम चेन्नईमा पहिले ब्याटिङ गरेको हैदरावादले ७ विकेट गुमाएर १७५ रन बनाएको थियो ।

बलिङतर्फ राजस्थानका ट्रेन्ट बोल्ट र अवेश खानले ३र३ विकेट तथा सन्दीप शर्माले १ विकेट लिए । पराजित भएको राजस्थान आइपिएलबाट बाहिरिएको छ ।

विजयी भएको हैदरावादले कोलकाता नाइट राइडर्ससँग उपाधिका लागि खेल्नेछ । फाइनल खेल भोलि हुनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार