अमेरिकाका लागि उडेको विमान पुन: हङकङ नै फर्काएर आपलकालिन अवतरणका क्रममा टायर फुट्यो

हङकङबाट अमेरिकाका लागि उडेको कार्गो विमान पुनः हङकङ नै फर्केको छ ।

गन्तव्य नपुगी फर्केको विमान आपत्‌कालीन अवतरण गर्ने क्रममा टायर समेत फुटेको छ । टायर फुटी विमान रनवे (धावनमार्ग) मै रहँदा विमानस्थलको उत्तरी धावनमार्ग बन्द हुन पुगेको छ ।

विमान आपत्‌कालीन रूपमा किन फर्कियो भन्ने विवरण चाहिँ बाहिर आएको छैन । उक्त विमान एटलस एयरको कार्गो उडान ५वाई४३०४ हो ।

सोमबार बिहान ४ः०९ मा संयुक्त राज्य अमेरिकाको एन्कोरेजको लागि प्रस्थान गरेको विमान एक घण्टापछि ताइपेइ नजिकै यु(टर्न लिई पुनः हङकङ नै फर्किएको थियो ।

टायर फुटेको विमान सोमबार दिउँसोसम्म उत्तरी धावनमार्गमै रहँदा यसले अन्य उडान पनि प्रभावित बने ।

उत्तरी धावनमार्ग अवरुद्ध हुँदा उडानहरू प्रभावित भएकाले सम्पूर्ण यात्रुलाई आफ्नो उडान अपडेट जाँच गर्न प्राधिकरणले आग्रह गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार