ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा ३० वर्षीय युवक र १३ वर्षीय बालकको मृत्यु

सिराहामा ट्रक मोटरसाइकललाई ठक्कर दिँदा एक युवक र एक बालकको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गमा पर्ने धनगढी नगरपालिका-८ कसाह चोकमा प्रदेश २-०३-००१ ख ३७८५ नम्बरको ट्रकले स ५ प १९९० नम्बरको मोटरसाइकललाई शनिबार साँझ ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक सोही ठाउँ ३० वर्षीय राजेश्वर यादव र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने श्याम सुन्दर यादवका छोरा १३ वर्षीय लालबाबु यादव रहेका छन् ।

तीव्र गतिमा रहेको ट्रकको ठक्करबाट गम्भीर घाइते भएका राजेश्वरको घटनास्थलमै र लालबाबुको आरके मेडिसिटी धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।

ट्रक चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार