बैठक स्थगित भएपछि सभापति खतिवडा भन्छन्- अबको कुनै पनि बैठकमा एनजीओ र आईएनजीओलाई प्रवेश गराउँदैनौं

प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले समितिको कुनै पनि बैठकमा एनजीओ र आईएनजीओलाई प्रवेश नगराउने बताएका छन् ।

आज (आइतबार) राज्य व्यवस्था समितिको बैठकमा एनजीओले खाजा उपलब्ध गराएपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले उक्त बैठक बहिस्कार गरेका थिए । समितिका सभापति खतिवडाले भने एनजीओले खाजा उपलब्ध गराएको कुरा आफूलाई पछि थाहा भएको र गृहमन्त्री लामिछाने त्यो कारणले बैठकबाट नबाहिरिएको बताए । उनले गृहमन्त्री लामिछाने एकैछिनमा आउँछु भनेर समितिबाट बाहिरिएको बताए ।

समितिमा आज निजामति कर्मचारी सम्बन्धि विधेयकमा छलफल हुने सूची भएपनि कर्मचारीहरुको हड्तालका कारण बैठक बस्न नसकिएको उनले बताए । समितिको छलफलमा भाग लिन सबै सांसदहरु आएको र केहीले त खाजा पनि खाएको बताए ।

उनले भने, ‘राज्य व्यवस्था समितिको बिहान छलफल थियो । आज कर्मचारी विधेयकका छलफल थियो । सबै माननिय सदस्यहरु आउनु पनि भएको थियो । कर्मचारीहरुको हड्ताल छ, उहाँहरुले आएर समयमा गर्नुभएन । खाजाको व्यवस्था थियो । खाजा खाइपनि सक्नु भएको थियो कसैले । कर्मचारीहरु पनि आउनुभएन । एनजीओले गरेको हो कि क्या हो भनियो । दुई जना एनजीओकर्मी पनि त्यहाँ देखा पर्नुभयो । हामी एनजीओलाई राज्य व्यवस्था समितिको बैठकमा राख्दैनौं भनेर हामीले भन्यौं । राज्य व्यवस्था समितिको हलभित्र एनजीओका कार्यक्रमहरु हामी गर्दैैनौं । एनजीओ, आईएनजीओलाई राज्यव्यवस्था समितिको कुनै पनि मिटिङमा प्रवेश गराउँदैनौं ।’

जनसङ्ख्या र विकाससम्बन्धी काम गर्दैआएको एनजीओ एलएक्सपिटीडी ले उक्त खाजा उपब्ध गराएको बुझिएको छ ।

राज्य व्यवस्था समितिमा एनजीओका कर्मचारी खाजासहित पुगेपछि बैठक स्थगित

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार