संसद बैठकमा कांग्रेस सांसद घिमिरेले ‘म मरे डुमै राजा’ भनेपछि…

प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद श्यामकुमार घिमिरेले बोलेको एउटा वाक्यलाई लिएर सांसदले आपत्ति जनाएपछि संसदको रेकर्डबाट हटाइएको छ ।

आज बसेको प्रतिनिधि सभाको बैठकमा सांसद घिमिरेले सरकारले ‘म मरे डुमै राजा’ भन्ने जसरी बजेट विनियोजन गरेको टिप्पणी गरेका थिए । सांसद घिमिरेले यस्तो टिप्पणी गरेपछि नेकपा एमालेकी सांसद हर्कमाया विश्वकर्माले नियमापत्ति जनाएकी थिइन् ।

सांसद विश्वकर्माले नियमापत्ति जनाउँदै सो शब्दले दलित समुदायप्रति अपहेलित भएको बताउँदै संसदको रेकर्डबाट हटाउन माग गरिन् । विश्वकर्माले शब्द फिर्ता लिन माग गरेपछि कांग्रेस सांसद घिमिरेले उखान भन्ने सिलसिलामा प्रयोग भएको शब्द फिर्ता लिएको बताए । उनले भने, ’त्यो शब्द फिर्ता लिएँ । उखान भन्ने सिलसिलामा त्यो बोलेको हुँ । फिर्ता लि एँ।’ घिमिरेले शब्द फिर्ता लिएपछि सभामुखले विश्वकर्मालाई सिटमा बस्न आग्रह गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार