देउवालाई भेटेर प्रचण्ड फर्किएपछि आन्तरिक छलफलमा जुट्यो कांग्रेस

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भएको छ ।

दुई शीर्ष नेताबीच देउवा निवास बूढानीलकण्ठमा भेटवार्ता भएको हो । देउवा र प्रचण्डबीच करिब ४० मिनेट वार्ता भएको थियो । सहकारी प्रकरण छानबिनका लागि गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश र क्षेत्राधिकारका विषयमा सहमति प्रयास भइरहेका बेला नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड र प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति देउवाबीच भेटवार्ता भएको हो ।

देउवासँग ४० मिनेट छलफल गरी प्रधानमन्त्री फर्किएपछि कांग्रेसका नेताहरू आन्तरिक छलफलमा जुटेका हुन्। छलफलमा सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा लगायतका नेताहरू छन् ।

प्रधानमन्त्री दाहाल देउवाको स्वास्थ्य अवस्था बुझन पुगेको बताइएको छ । देउवा केहीदिन यता अस्वस्थ्य थिए । केहीबेरमा प्रमुख शीर्ष दलका नेताहरुबीच बैठक बस्दैछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार