भिनिसियस र रोड्रीगोकाे गाेलमा रियलकाे जित

रियल म्याड्रिडले स्पेनिस ला लिगामा जितको यात्रालाई कायमै राखेको छ । शनिबार घरेलु मैदानमा भएको खेलमा रियलले रियल बेटिसमाथि २-१ को जित निकालेको हो । यो रियलको लगातार चौथो जित हो ।

खेलको नवौं मिनेटमा रियलले भिनिसियस जुनियरको गोलमा अग्रता लिएको थियो । १७औं मिनेटमा बेटिसका सर्जियो कानालेसले बराबरी गोल फर्काए । त्यसपछि ६५ औं मिनेटमा रियलका लागि रोड्रीगोले गर्दै २-१ को जित दिलाए ।

जितसँगै रियलको ४ खेलमा १२ अंक जोडेर तालिकाको शीर्षस्थानमा छ । पराजित बेटिस ९ अंक जोडेर तेस्रो स्थानमा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार