नेपाली क्रिकेट टोलीको बिदाइ

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले केन्या भ्रमणमा जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरेको छ। सोमबार काठमाडौंमा क्यान अध्यक्ष चतुरबहादुर चन्दले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरेका हुन्।

नेपालले केन्यासँग ५ खेलको टी–ट्वान्टी अन्तर्राष्ट्रिय र ३ खेलको एकदिवसीय सिरिज खेल्ने छ। ५ खेलको टी–ट्वान्टी सिरिज भदौ ९ बाट १४ गतेसम्म हुनेछ भने ३ खेलको एकदिवसीय सिरिज भने भदौ १७ बाट २० सम्म चल्नेछ।

नेपाल र केन्याबीच सुरुवातमा ५ खेलको टी–ट्वान्टी सिरिज हुनेछ। त्यसपछि एकदिवसीय सिरिज हुनेछ। राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरले केन्या भ्रमणबाट औपचारिक रूपमा नेपाली टिम सम्हाल्नेछन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार