नेपाललाई वेस्टइन्डिज एले दियो २१० रनको लक्ष्य

काठमाडौँमा जारी चौथो टी(२० खेलमा नेपाललाई वेष्टइन्डिज एले २१० रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ३ वकेटको क्षतिमा २ सय ९ रनको योगफल तयार पारेको हो ।

वेस्ट इन्डिजका फ्लेचरले सर्वाधिक ८४ रन बनाए । उनले ४६ बलमा आठ चौका र ६ छक्का प्रहार गरे । ९–१ को अवस्थामा ब्याटिङका लागि आएका फ्लेचरले दोस्रो विकेटका लागि जोन्सन चार्ल्ससँग ९२ रनको साझेदारी गरेका थिए ।

चार्ल्सले ३० बलमा तीन चौका र ६ छक्कासहित ५८ रन बनाए । फाबियन एलनले १९ बलमा दुई चौका र तीन छक्कासहित ३३ रन थपे । नेपालका कुशल भुर्तेलले दुई र प्रतिश जिसीले एक विकेट लिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार