प्रथम टिका कार्की स्मृति कप भलिबल प्रतियोगिताको तयारी तीब्र

बागलुङ अस्ट्रेलिया कम्युनिटिले आयोजना गर्न लागेको प्रथम टिका कार्की स्मृति कप भलिबल प्रतियोगिताको तयारी तीब्र पारेको छ । अष्ट्रेलियाको सिडनीमा पूर्व अध्यक्ष टिका कार्कीको स्मृतिमा कम्युनिटिले यही अप्रिल २४ गते भलिबल प्रतियोगिताको आयोजना गर्ने प्रतियोगिताको तयारी तीब्र पारिएकोे बाग्लुङ अष्ट्रेलिया कम्युनिटीका अध्यक्ष विकास सापकोटाले जानकारी दिए ।

अस्ट्रेलियाको प्रहरी सामुदायीक युवा कल्ब पिसीवाईसी म्यारिकभिल मा हुने प्रतियोगितामा विभिन्न ९ टिम सहभागि हुने कार्यक्रम छ । प्रतियोगितामा पहिलो हुने टोलीले २ हजार अष्ट्रेलियन डलर, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ । भने दोस्रो हुनेले १२ सय डलर, मेडर र प्रमाण पत्र प्राप्त गर्ने छ । साथै प्रतियागितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट सटरलाई ट्रफी सहित विशेष पुरस्कारको समेत ब्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगिता अप्रिल २४ गते आइतबार विहान ८ बजेदेखि राती ८ बजे सम्म हुनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार