पुरानै सत्ता उल्ट्याउन प्रयास भइरहेको छ, सफल हुन दिनौँ : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फेरि पुरानै सत्ता उल्ट्याउन कोसिस भइरहेको बताएका छन् । प्रधानमन्त्री समेत रहेको काँग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष ओलीसँग छलफल बढाईरहेका बेला प्रचण्डको यस्तो प्रतिक्रीया आएको हो ।अमेरिकी सहायता परियोजना एमसीसीले सत्ता गठबन्धन भत्कने आशंका छ । प्रचण्डले ‘क्रान्ति र प्रतिक्रान्तिकारीहरूबीच संघर्ष चलिरहेको’ समे त उल्लेख गरेका हुन् ।

‘विश्व इतिहासमा हरेक क्रान्तिपछि प्रतिक्रान्तिकारीहरू फेरि पुरानै सत्ता उल्ट्याउन भरमग्दूर कोसिस गर्छन्’, फेसबुकमा प्रचण्डले भनेका छन्, ‘अहिले नेपालमा पनि क्रान्ति र प्रतिक्रान्तिकारीहरूबीच संघर्ष चलिरहेको छ। उनीहरूले कैयन् षड्यन्त्र रचिरहेका र भ्रम छरिरहेका छन् । तर, हामी ती सबै प्रपञ्चको जालो चिरेर विजयी हुनेछौं ।’

प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी ओलीसँगको भेटघाट बढाइरहेका छन् ।

ओलीले साथ दिए गठबन्धन तोड्ने देउवाको योजना, सरकारमा भागबण्डा गर्ने सहमति

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार