ओलीले साथ दिए गठबन्धन तोड्ने देउवाको योजना, सरकारमा भागबण्डा गर्ने सहमति

सभामुख हटाउनु पर्ने एमालेको प्रमुख सर्तमा देउवा सकारात्मक

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदबाट पारित गर्ने विषयमा सत्तारुढ दलहरुबाट नै धोका पाएपछि प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग सहकार्यको हात अगाडि बढाएका छन् । प्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति देउवा जसरी हुन्छ एमसीसी पारित गर्ने पक्षमा छन् । उनी एमसीसी पारित गर्नको लागि परि आए गठबन्धन टुक्राउन समेत पछि नपर्ने देखिएको छ । एमसीसीको विषमया सत्तारुढ दलहरुसँग कुरा नमिले पछि उनी एमालेलाई फकाउन लागि परेका छन् ।

पछिल्लो समय प्रधानमन्त्री देउवा पटक पटक एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुग्ने गरेका छन् । एमसीसी पारित गर्न सहयोग माग्दै फागुन ५ गते देउवा नै बालकोट पुगेपछि एमाले–कांग्रेस सहकार्यले नयाँ मोड लिएको थियो ।यस अघि देउवा निकट काँग्रेस नेताहरुले पनि एमाले नेताहरुसँग सहकार्यको विषयमा पटक पटक छलफल गर्ने गरेको थिए । मंगलबार साँझा पनि ओली र देउवाबीच भेटवार्ता भएको थियो । ओली देउवालाई भेट्न बालुवाटार पुगेका थिए । उक्त भेटवार्ता करिब २ घण्टा सम्म चलेको थियो । भेटवार्तामा दूई पार्टीबीच हुनसक्ने सहकार्यको मोडालिटीबारे लगभग सहमति जुटेको काँग्रेस उच्च स्रोतले बताएको छ । एमालेसँग सहकार्यको मोडालिटीबारे छलफल गरेको अर्को दिन नै प्रधानमन्त्री देउवा एमसीसीमा सहयोग गर्ने सार्वजनिक प्रतिवद्धता गर्न वा सरकार छोड्न सन्देश दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटार पुगेका छन् ।

एस पार्टीले एमसीसीको पक्षमा मतदान नगर्ने निर्णय गरिसकेको छ । माओवादीले समेत एमसीसी टेबुल गर्नु अघिदेखि नै बहानाबाजी गरिरहेको थियो । जसले गर्दा प्रधामन्त्री देउवा विकल्पको खोजी रहेका छन् ।

भेटवार्तामा एमाले अध्यक्ष ओलीले आफ्ना माग पूरा नभई संसदीय प्रक्रियामा सहभागी नहुने अडान लिएको थिए । आफुले कारबाही गरेका माधव नेपाल सहितका सांसदलाई पदमुक्त गर्नुपर्ने वा सभामुख अग्निप्रसाद सापकोटालाई हटाउनु पर्ने एमालेले माग राखेको छ । एमालेले राखेका उक्त माग पुरा गर्न प्रधानमन्त्री देउवा सकारात्मक देखिएको स्रोत दाबी गरेको छ । सभामुख सापकोटालाई हटाइसकेपछि एमालेले औपचारिक रूपमा कांग्रेससँग सहकार्य गर्नेछ ।

‘प्रधानमन्त्री देउवा र ओली बिच भएको भेटवार्ता सकारात्मक भयो । नतिजा एक दूई दिनमा नै सार्वजनिक हुन्छ । सहकार्यको विषयमा एमालले केहि माग राखेको छ । ती माग पुरा गरि सहाकार्य गर्न देउवा तयार हुनुहुन्छ ।’ स्रोतले भन्यो ।

नयाँ सत्ता समीकरणको विषयमा छलफल
एमसीसीको विषयमा सहमति नजुटेपछि अहिलेको सत्तागठबन्धन टुट्ने सम्भावना बढेको छ । योसँगै एमाले र कांग्रेसबीच सहमति भएमा नयाँ सत्ता समीकरण बन्ने देखिएको छ । बालुवाटारमा भएको छलफल सहमतिमा पुगेको र केही दिनमै मूर्तरूप लिने स्रोतले जनाएको छ । माओवादी र एसका मन्त्री बर्खास्त भएपछि बहालवाला सत्ता गठबन्धन टुटेको औपचारिक घोषणा हुनेछ । त्यसका लागि प्रधानमन्त्री देउवा सकारात्मक छन् । प्रारम्भिक सहमतिअनुसार एमाले, कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठबन्धनमा सहमति हुने भएका छन् । यी दल मिलेर बनेको सत्ता समीकरणमा दुईतिहाइ बहुमत हुने भएको छ ।

 

प्रदेशमा सरकार एमाले

माग सम्बोधन भएपछि एमालेले औपचारिक रूपमा कांग्रेससँग सहकार्य गर्नेछ । एमालेले केन्द्र सरकारमा सहभागी नहुने तर समर्थन गर्ने बुझीएको छ । तर ४ वटा प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउनु पर्ने एमालेले माग राखेको छ । प्रधानमन्त्री देउवाले भने एमालेलाई सरकारमै सहभागी हुन जोड गरिरहेका छन् । प्रदेश १, बागमती, लुम्बिनी र कर्णाली सकारको नेतृत्व गर्न पाउनु पर्ने एमालको अडान छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार