बाग्लुङमा थपिए ९ नयाँ संक्रमित, सक्रिय संक्रमितको सङ्ख्या ६७ पुग्यो

भरत सापकोटा, टिभी अन्नपूर्ण,बाग्लुङ ।

बाग्लुङमा कोरोना संक्रमितको सङ्ख्या ६७ पुगेको छ ।  बुधवार ९ जनामा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमितको सङ्ख्या ६७ पुगेको हो ।

पछिल्लो पटक थपिएका संक्रमितहरुमध्ये अमलाचौरका १ जना र पैयुँपाटाका १ जना छन भने बाँकी बाग्लुङ कारागारमा रहेका कैदिबन्दी रहेको जनस्वास्थ्य कार्यलय बाग्लुङ स्रोतले जानकारी दिएको छ । उनिहरुको सोमबार स्वाब संकलन गरि परिक्षणका लागि पठाईएको थियो । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जनस्वास्थ्य कार्यलय बाग्लुङका फोकल पर्सन देवप्रकाश घिमिरेलाई जानकारी दिएका छन ।

यस्तै जिल्लामा सबैभन्दा बढि संक्रमित भेटिएको नगरपालिकाको वडा नः १४ मा संक्रमितको सम्पर्कमा रहेका शिक्षक विद्यार्थी र स्थानीयवासीको कन्ट्याक्ट ट्रेसिङको काम चलिरहेको छ ।

बाग्लुङको एउटा विद्यालयसहित वडामा गरिएको परिक्षणमा ३९ जनामा संक्रमण पुष्टि

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार