सल्यानमा कुटपिटबाट एक युवकको मृत्यु, ११ जना पक्राउ

सल्यानको कुमाखमा एक समूहको कुटपिटबाट एक युवकको मृत्यु भएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ ।

कुमाख गाउँपालिका-६ बस्ने वर्ष २१ का विकास वलीको कुटपिटबाट मृत्यु भएको हो । उनलाई कुटपिटमा संलग्न रहेका आरोपमा ११ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

कुटपिटमा संलग्न रहेको अभियोगमा कुमाख- ५ कौचे बस्ने मानसिंह कुमाईसहित ११ जना पक्राउ परेका हुन् । कुमाख ५ कौचेमा मंगलबार राति विवाहको भोज खाएर फर्कने क्रममा मानसिंह लगायतको एक समूहले विकास वलीसमेत ३ जनालाई कुटपिट गरेका थिए ।

कुटपिटबाट गम्भीर घाइते भएका वलीको मिसन अस्पताल चौरजहारीमा उपचार हुन नसकेपछि नर्सिङ होम नेपालन्ज लगिएको थियो । त्यहाँ उपचारको क्रममा उनको मृत्यु भएको हो ।

कुटपिटबाट घाइते भएका १ जनाको मिसन अस्पताल चौरजहारीमा उपचार भइरहेको छ भने एक जना उपचार पछि ठिक भएर डिस्चार्ज भएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार