बाग्लुङको एउटा विद्यालयसहित वडामा गरिएको परिक्षणमा ३९ जनामा संक्रमण पुष्टि

सङ्क्रमितको हेरचाह र उपचारको व्यवस्था नहुँदा बढ्यो त्रास

भरत सापकोटा, टिभी अन्नपूर्ण बाग्लुङ । बाग्लुङको बलेवामा रहेको एउटै विद्यालय सहित वडामा गरिएको स्वाब परिक्षणमा ३९ जना कोरोना संक्रमित भेटिएका छन ।

विद्यालयका शिक्षकमा संक्रमण देखिएपछि जिल्ला जनस्वास्थ्य कार्यलय बाग्लुङले आईतबार संकलन गरेको विद्यालयका शिक्षक, विद्यार्थीसहित नजिकका ९८ जनाको स्वाब परिक्षण गर्दा ३९ जनामा संक्रमण पुष्टि भएको हो । मंगलबार गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार स्थानीय जनताधन माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थी र शिक्षक सहित ३९ जनामा कोरोना संक्रमण भेटिएको छ । स्वास्थ्य कार्यालय बागलुङका देवप्रकाश घिमिरेले समेत यसको पुष्टि गरेका छन ।

मंगलबार थपिएसँगै वडामा संक्रमितको संख्या ४६ पुगेको घिमिरेले बताए । तर, संक्रमण फैलिएको क्षेत्रमा अहिलेसम्म नियन्त्रणको कुनै ठोस पहल हुन नसकेको स्थानीयको गुनासो छ । पर्वत सदरमुकामसँग झोलुङ्गे पुलमार्फत जोडिएको यो वडामा शनिबार भारतबाट फर्किएका ३ जना र २ जना विद्यालयका शिक्षक सहित ६ जनामा कोरोना संक्रमण भेटिएको थियो । संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका धेरैको अहिले पनि स्वाब परिक्षण हुन सकेको छैन ।

जिल्लाबाट १ सय जनाको परिक्षण गर्न पुगेको स्वास्थ्यकर्मीको टोलीले कन्ट्याक्ट ट्रेसिङमा परेका थोेरैको मात्रै परिक्षण गरेको र बाँकी स्थानीय जनप्रतिनिधी र नजिकका मानिसको स्वाब लिएर  कोटा पुरा गरेको तर संक्रमणको नजिक रहेका धेरै स्वाब दिनबाट छुटेको स्थानीयको गुनासो छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार