फिफा र साउदी अरेबियन तेल कम्पनी अराम्कोबीच सम्झौता 

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले राज्यको स्वामित्व भएको साउदी अरेबियन तेल कम्पनी अराम्कोसँग सहकार्यको घोषणा गरेको छ । सहकार्यअनुसार फिफा र अराम्कोबीच सन् २०२७ सम्मको प्रायोजना अधिकार सम्झौता रहनेछ । 

अराम्कोले सन् २०२६ मा हुने पुरुष विश्वकप र २०२७ मा हुने महिला विश्वकपका लागि फिफालाई प्रायोजन गर्नेछ । पछिल्लो समय खेलकुदमा लगानी बढाइरहेको अराम्कोले यसअघि फर्मुला वान र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)सँग पनि प्रायोजन सम्झौता गरेको छ ।

“अराम्कोको बलियो र विश्वस्तरीय प्रतियोगिताहरूलाई सहयोग गरेको इतिहास रहेको छ । साथै, यसले खेलकुदका ग्रासरुट कार्यक्रममा पनि ध्यान दिँदै आइरहेको छ,” फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले भने ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार