एक केजीभन्दा बढी सुन र झण्डै डेढ करोड नगदसहित काठमाडौंबाट ७ जना पक्राउ

काठमाडौँमा प्रहरीले ठूलो परिमाणको अवैध सुन र नगदसहित सात जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ गरेकाहरूको साथबाट एक केजी ८ सय ग्राम सुन र एक करोड ४३ लाख रूपैयाँ नगद बरामद भएको छ । पक्राउ पर्नेमा एकजना नाबालक पनि छन् ।

पक्राउ परेकाहरूको विस्तृत विवरण प्रहरीले केहीबेरमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दैछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार