उदयपुरको रौतामा आगलागी हुँदा ५० लाखको क्षति   

उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–७ मा आगलागी हुँदा २ घर जलेका छन् भने ५० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार बिहीबार अपराह्न स्थानीय खड्गबहादुर कटुवालको घरमा विद्युत् सर्ट भई आगलागी हुँदा उनका छोरा रमेशको घरमा समेत आगो सल्किएको थियो ।

आगलागीबाट घरभित्रको लत्ताकपडा र नगदसहित ३० लाख रुपैयाँ र छोरा रमेशको घरमा २० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

आगलागीको सूचना प्राप्त हुनासाथ प्रहरी र स्थानीयले रौतामाई गाउँपालिकाको दमकल प्रयोग गरेर आगो निभाएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार