बेलायती टेनिस स्टारलाई पछ्याउने एक नेपाली दोषी ठहर

बेलायती टेनिस स्टार एम्मा र्‍याडुकानुलाई पछ्याएर तनावग्रस्त बनाएको आरोपमा एक नेपाली दोषी ठहर भएका छन् ।

ब्रमली म्याजिस्ट्रेट अदालतले ३५ वर्षीय अमृत मगरलाई शुक्रबार दोषी ठहर गरेको हो । तर, के कति सजाय भने आगामी हप्ता तय हुने बेलायती सञ्चार एजेन्सी डेली मेलले जनाएको छ ।

र्‍याडुकानुको ढोकामा राखिएको सिसिटिभी फुटेजका अनुसार मगर तीन पटक त्यहाँ पुगेको देखिन्छ । विवाहित मगर पहिलो पटक सन् २०२१ नोभेम्बर २३ मा र्‍याडुकानुको पिछा गरेर उनको घरमा पुगेको बताइएको छ ।

दोस्रो पटक फूलको गुच्छा लिएर र्‍याडुकानुको घरमा पुगेको सिसिटिभी फुटेजमा देखिन्छ । त्यसपछि मगर क्रिसमस डेको केहिदिनअघि त्यहाँ पुगेको देखिन्छ ।

पटक पटक आएपछि र्‍याडुकानुले प्रहरीमा उजुरी दिएकी थिइन् । सो विषयमा शुक्रबार अदालतले र्‍याडुकानुले असुरक्षित महसुस गरेको भन्दै मगरलाई दोषी ठहर गरेको हो । १९ वर्षीय र्‍याडुकानुले गतवर्ष युएस ओपनको उपाधि जितेकी थिइन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार