पोर्चुगलमा एक नेपाली युवाले गरे आत्महत्या

पोर्चुगलमा बसोबास गर्दै आएका एक नेपाली युवकले आत्महत्या गरेका छन् ।

गैरआवासीय नेपाली संघ पोर्चुगलका महासचिव राज कुमार थापाका अनुसार ३८ वर्षीय तर्कराज भट्टले बिहीबार रुखमा झुण्डिएर आत्महत्या गरेका हुन् । उनलाई बस्ने घरभन्दा केही परको स्थानमा गएर रुखमा डोरी लगाएर झुन्डिएको अवस्थामा प्रहरीले भेटेको थियो ।

कञ्चनपुरको भीमदत्त नगरपालिका घर भएका भट्ट विगत तीन वर्षदेखि पोर्चुगलको आल्बुफेइरामा बस्दै आएका थिए । उनी सोही क्षेत्रमा एउटा कृषि फार्ममा काम गर्थे । उनको शवलाई प्रहरीले पोस्टमार्टमका लागि स्थानीय अस्पतालमा राखिएको थापाले जानकारी दिए ।

उनका एक छोरा र श्रीमती छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार