लगातार घटेको सुनको मूल्य आज बढ्यो, तोलामा कति ?

नेपाली बजारमा बिहिबार सुनको मूल्य बढेको छ । बुधबार ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा ७०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ३०० रुपैयाँ कायम भएको छ । त्यसैगरी, तेजावी सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँ कायम भएको छ । सुन मंगलबार र बुधबार क्रमशस् ८ सय र ४ सय रुपैयाँले घटेको थियो ।

बिहिबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य प्रतितोलामा १५ रुपैयाँले बढेर एक हजार २६० रुपैयाँ कायम भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार