जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ ।

बैठक बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने प्रचार-प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

पार्टीको राष्ट्रिय महाधिवेशनको तयारीका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । जसपाले जेठ २८ गतेदेखि जनकपुरमा महाधिवेशन गर्ने तय गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार