आगलागीमा ज्यान गुमाएकाका परिवारलाई एक लाख राहत दिने बागमती प्रदेश सरकारको निर्णय

बागमती प्रदेश सरकारले आगलागीमा परेर मृत्यु भएका परिवारका लागि एक लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ ।

आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद्को बैठकले मृतकको परिवारलाई १ लाख रुपैंया राहत उपलब्ध गराउने निर्णय गरेको हो ।

‘यसवर्ष आगलागीमा परेर ज्यान गुमाएका परिवारलाई एक÷एक लाख रुपैयाँ राहतस्वरुप प्रदेश सरकारले उपलब्ध गराउने क्याबिनेटले निर्णय गर्यो,’ आन्तरिक मामिला तथा कानुन मन्त्री एवंम् सरकारका प्रवक्ता गंगानारायण श्रेष्ठले भने ।

यस्तै, प्रदेश उच्च शिक्षा ऐन २०७८ संशोधन अध्यादेश जारी गर्ने समेत निर्णय पनि भएको उनले बताए । प्रदेश उच्च शिक्षा ऐनका केही प्रावधान संशोधन गर्नुपर्ने भएकाले अध्यादेश जारी गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार