कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ

कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा गोपनियताको शपथ ग्रहण लिएका छन् ।

हुम्लाका परियारले बुधबार बिनाविभागीय मन्त्रीको रुपमा शपथ ग्रहण गरेका हुन् । परियारलाई कर्णाली प्रदेश प्रमुख तिलक परियालले सपथ खुवाएका छन् ।

मन्त्रीमा नियुक्त भएका परियार माओवादी संसदीय दलका प्रमुख सचेतक हुन् । गत चैत २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका एमाले संसदीय दलका नेता यामलाल कँडेलले १५ दिनपछि मन्त्रीपरिषद्मा एक जना मात्रै मन्त्री थपेका छन् ।

सत्ता साझेदार दल एमाले–माओवादीबीच मन्त्रालय भागबन्डा तथा मन्त्रीहरूको नाम टुंगाउन नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार