अन्तिम चुनावी सभालाई सम्बोधन गर्न इलाम पुगे ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । यही वैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनमा पार्टीका उम्मेदवार सुहाङ नेम्वाङलाई जिताउनको लागि उनी इलाम गएका हुन् । यसअघि पनि उनले इलाममा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गरिसकेका छन् ।

आज भने उनी झापाको चन्द्रगढी विमानस्थल ओर्लिएका थिए । विमानस्थलमा ओलीलाई पार्टीका नेता तथा कार्यकर्ताहरुले स्वागत गरेका थिए । इलाम–२ को उपनिर्वाचनमा पार्टीका उम्मेदवार सुहाङ नेम्वाङले जित्नेमा एमाले नेतृत्व ढुक्क छ । सो क्षेत्रमा नेपाली कांग्रेसबाट डम्बर खड्का उठेका छन् ।

उता, नयाँ दल रास्वपाले मिलन लिम्बुलाई उठाएको छ । पहिचानवादीले भने डकेन्द्रसिंह थेगिमलाई उठाएको छ । यो क्षेत्रमा चार उम्मेदवारबीच कडा प्रतिष्पर्धा हुने देखिएको छ । निर्वाचनको मौन अवधि आज राति १२ बजेबाट सुरु हुने भएकोले दलहरुले आज अन्तिम दिन चुनाव प्रचारप्रसारलाई आक्रामक बनाएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार