प्रधानमन्त्री पछि विपिनका परिवारले भेटे राष्ट्रपति

इजरायलमा बेपत्ता भएका कञ्चनपुर भीमदत्त नगरपालिकाका विपिन जोशीको परिवारले छिटो र सकुशल उद्धारका लागि आवश्यक पहल गरिदिन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आग्रह गरेको छ ।

राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार जोशीका आमाबाबुसहितको टोलीले राष्ट्रपति पौडेललाई भेटेर सो आग्रह गरेको हो ।

सो अवसरमा राष्ट्रपति पौडेलले यसबारेमा आफू चिन्तित रहेको र उद्धारका लागि आफ्नोतर्फबाट सकारात्मक पहल हुने विश्वास दिलाए ।

२०८० असोज २० गते इजरायलमा हमासले गरेको आक्रमणमा परी दश नेपालीको मृत्यु भएको थियो भने जोशी सम्पर्कविहीन भएका थिए ।

विपिनको परिवारले आजै बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि भेट गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार