१५ वर्षीया किशोरी बलात्कारको आरोपमा युवक पक्राउ

झापामा १५ वर्षीया एक किशोरी बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुद्धशान्ति गाउँपालिका–२, जयपुरका २३ वर्षीय हर्कबहादुर धमला छन् ।

यही वैशाख १ गते राति ती किशोरीको बलात्कार गरेको भन्ने उजुरीपछि उनलाई बुधबार दिउँसो पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार