प्रदेश सभा विघटनको सपना नदेख्न मुख्यमन्त्री कार्कीलाई इन्द्र आङ्बोको चेतावनी

नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री केदार कार्कीको नियतमा खोट देखेपछि आफूहरुले संकल्प प्रस्ताव ल्याउनु परेको दाबी गरेका छन् ।

शुक्रबार बसेको प्रदेश सभाको बैठकमा बोल्दै पूर्व मन्त्रीसमेत रहेका आङ्बोले अल्पमतमा परेका मुख्यमन्त्री केदार कार्कीले वैशाख २५ गतेसम्म प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने र नभए राजीनामा दिनुपर्ने बताए । उनले मुख्यमन्त्री कार्कीले विश्वासको मत पनि लिदिँन र राजीनामा पनि दिन्न भनेकाले नै संकल्प प्रस्ताव ल्याउनु परेको बताएका हुन् ।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार बनेको सरकारले पनि दलले समर्थन फिर्ता लिएमा विश्वासको मत लिनैपर्ने व्यवस्था रहेको स्मरण गराउँदै आङ्बोले मुख्यमन्त्री कार्कीले ३० दिनभित्र विश्वासको मत लिनैपर्ने जिकिर गरे । उनले मुख्यमन्त्री कार्कीले भनेजस्तो प्रदेश सभा विघटन हुने कुनै पनि सम्भावना नरहेको दाबी गरे ।

उनले भने- ‘संवैधानिक इजलासले धारा १६८ ९५० अन्तर्गत सरकारलाई दिएको समर्थन व्यक्ती या दलले समेत फिर्ता लिन पाउने व्याख्या गएकाले आफूहरूले समर्थन लिएको बताए । उनले प्रश्न गर्ने सरकार कहाँबाट जन्मिन्छ ? सरकार त संसदबाट जन्मिने होइन ? संसदले सरकार जन्मिन्छ भने सांसदले निर्देश गरेपछि मुख्यमन्त्रीले निर्धारित समय भित्र मार्ग प्रशस्त गर्नु पर्छ ।

‘सरकार संसदले बनाउने हो । संसद्मा रहेका एक चौथाई सदस्यले संसद बोलाउन पाउँछ । यो संसदले पारित गरेको संकल्प प्रस्ताव कानून सरह लागू हुन्छ । संकल्प प्रस्तावमा भएको विषय सरकारले स्वीकार गर्नुपर्छ’ उनले भने । ‘संसदीय व्यवस्थालाई अंगिकार गर्ने प्रमुख दल नेपाली कांग्रेसले यसलाई स्वीकार गर्छ भन्नेमा हामी विश्वस्त छौं’ ।

बिहीबार सुरु भएको बैठकमा नेकपा एमाले प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतिरमण भण्डारी प्रस्तावक र एमालेकै किशोरचन्द्र दुलाल तथा माओवादीका गणेश उप्रेती समर्थक रहेर संकल्प प्रस्ताव पेश भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार