एसीसी प्रिमियर कपः फाइनल प्रवेशका लागि नेपाल र यूएई भिड्दै

नेपालले आज एसिसी प्रिमियर कपको सेमिफाइनल खेल्दैछ ।

ओमनको अल अमिरत क्रिकेट ग्राउन्डमा नेपालले आज संयुक्त अरब इमिरेट्ससँग सेमिफाइनल खेल्दैछ । खेल नेपाली समयअनुसार बिहान पौने १२ बजेदेखि सुरू हुनेछ।

नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो भने युएई समूह बी को उपविजेता बनेर सेमिफाइनल प्रवेश गरेको हो । नेपालका लागि आजको खेल निकै महत्वपुर्ण छ ।

युएईलाई हराउँदै फाइनलको यात्रा तय गर्नु त छँदै छ सन् २०२२ मा भोगेको हारको बदला लिने अवसर समेत नेपाली टोली सामु छ ।

समूह चरणमा नेपाल अपराजित रह्यो । नेपालको समूहमा रहेका साउदी अरब, कतार, हङकङ र मलेसिया सबैसँगको खेलमा नेपाल विजयी भएको थियो ।

नेपाल प्रिमियर कपको साविक विजेता हो । युएई नेपालको चिरपरिचित प्रतिद्वन्द्वी हो । नेपालले युएईसँग अहिलेसम्म ९ वटा टी-२० खेलेको छ । जसमा पाँच खेलमा नेपाल र चार खेलमा युएई विजयी भएको छ ।

नेपालको टोली 
रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जि.सी र अभिनाश बोहरा।

यूएईको टोली
मोहम्मद वासिम (कप्तान)  आयन खान, एलिशान शराफु, अली नासिर, आसिफ खान, बासिल हामिद, जुनैद सिद्दिक, मोहम्मद फारुक, मोहम्मद हैदर शाह, ओमैद रहमान, राहुल भाटिया, राजा अकिफ, टानिश सुरी र विष्णु सुकुमारान 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार