एकीकृत समाजवादीले नांगो रुपमा दक्षिणपन्थी अवसरवादी चरित्र देखायो : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा एकीकृत समाजवादीले बार्गेनिङ गरिरहेको बताएका छन् । एमाले संसदीय दलको बैठकमा सोमबार सम्बोधन गर्दै अध्यक्ष ओलीले एकीकृत समाजवादीले नांगो रुपमा दक्षिणपन्थी अवसरवादी चरित्र प्रकट गरेको बताएका हुन् ।

सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादीले अराजनीतिक निर्णय गरेर त्यसको पुष्टि गरेको भन्दै उनी आक्रोशित बने । ओलीले भने, ‘एकीकृत समाजवादीले विपक्षीलाई आशा पलाउने गरी जनतामा आशंका र निराशा केही मात्रमा भएपनि कदम चाल्यो । आन्तरिक रुपमा बोली व्यवहार, बार्गिनिङ त त्यस्तै खालका छँदै थिए, तर हिजो बाहिर नै प्रकट भयो । यस समीकरणबाट नागरिक उन्मुक्तिलाई समर्थन नगर्ने तर कांग्रेस केन्द्रित समिकरणबाट सहकार्य गरेर नागरिक उन्मुक्तिलाई नै समर्थन गरेको छ ।’

उनले एकीकृत समाजवादीले कम्यनिष्ट साइन बोर्ड राखेर काम चाँहि समाजवादको पक्षधरलाई कमजोर पार्न लागि परेको दाबी गरे । ओलीले भने,‘ कम्यनिष्ट साइन बोर्ड राखेर काम चाँहि समाजवादको पक्षधरलाई कमजोर पार्न लागि परेको छ । तर, यसले केहि फरक पार्दैन । हामी अगाडि बढ्नुपर्छ । राष्ट्रिय शक्तिको रुपमा एमालेलाई निर्णायक शक्तिको रुपमा अगाडि बढाउनुपर्छ । मिसन ८४ सफल बनाउनुपर्छ ।’

उनले समाजवादको आधार तय गरेर सुखी नेपाली, समृद्ध नेपालको गन्तव्यमा पुग्न लागि पर्नुपर्ने बताए । ओलीले मन्त्रालयको लफडामा फस्नु अहिलेको अभिभारा नभएकाले गृह मन्त्रालय छाडेर अन्य मन्त्रालय लिएर भएपनि नयाँ समीकरण बनाएको स्पष्ट पारे । उनले कुनै पनि मन्त्रालय महत्वहीन नहुने भएकाले जनतामाझ काम गरेर देखाउनुपर्ने धारणा राखे ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार