सुदूरपश्चिममा लक्ष्मण चौधरीलाई मुख्यमन्त्री बनाउने कांग्रेसको औपचारिक निर्णय

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले नागरिक उन्मुक्ति पार्टी (नाउपा) का लक्ष्मण किशोर चौधरीलाई मुख्यमन्त्रीमा सघाउने औपचारिक निर्णय गरेको छ ।

सोमबार बसेको संसदीय दलको बैठकले नाउपाका संरक्षक रेशम चौधरी पक्षधर लक्ष्मण चौधरीलाई मुख्यमन्त्री बनाउन सहयोग र समर्थन गर्ने निर्णय गरेको हो ।

आजको बैठकमा निवर्तमान मुख्यमन्त्री कमल बहादुर शाह पनि सहभागी थिए । कांग्रेसले यसअघि औपचारिक निर्णय गरेर समर्थन गरेको थिएन । यद्यपी, नाउपाका नेता लक्ष्मणकिशोरले हिजो कांग्रेस, एकीकृत समाजवादी र आफू आवद्ध दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरिसकेका छन् ।

एमाले–माओवादीसहितको समर्थनमा नाउपाकै नेता कैलाश चौधरीले पनि मुख्यमन्त्रीमा दाबी पेश गरेपछि प्रदेश प्रमुखले अहिलेसम्म कसैलाई मुख्यमन्त्री नियुक्त गरेका छैनन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार