त्रिविको रेक्टरमा केसी र रजिस्ट्रारमा रिजाल नियुक्त

त्रिभुवन विश्वविद्यालयको रेक्टर पदमा प्राध्यापक खड्ग केसी र रजिस्ट्रार प्राध्यापक केदार रिजाल नियुक्त भएका छन् ।

विश्वविद्यालयका कुलपतिका हैसियतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार उनीहरूलाई नियुक्त गरेका हुन् ।

उपकुलपति प्राडा केशरजंग बरालले उनीहरूलाई चैत १५ गते नै सिफारिस गरेका थिए। बरालले स्वतन्त्र रूपमा टिम बनाउन नपाउने हो भने त्रिविमा काम गर्न नसकिने र सुधारको प्रयास पनि सफल नहुने भन्दै अडान लिएका थिए ।

केसी अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभाग र रिजाल वातावरण विज्ञान विभागका प्राध्यापक हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार