संसद्‌मा धकेलाधकेल, अर्थमन्त्रीलाई रोष्ट्रम प्रवेशमा अवरोध 

प्रतिनिधि सभाको आइतबारको बैठक सुरू भएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक करिब एक घन्टा ढिलो गरी सुरू भएको छ ।

बैठकमा आज पनि धकेलाधकेल भएको छ । अर्थमन्त्री वर्षमान पुनलाई नेपाल सरकारको आगामी वर्षको आर्थिक सर्वेक्षण पेस गर्न समय दिएपछि कांग्रेस सांसदहरु वेल प्रवेश गरेका थिए ।

अर्थमन्त्रीलाई वेलमा जान रोकेपछि माओवादी र रास्वपा सांसदहरु वेलमै प्रवेश गरेर अघि बढाउने कोसिस गरेका थिए ।

कांग्रेस सांसदहरुले रोक्दारोक्दै उनीहरु वेलमा प्रवेश गरेपछि धकेलाधकेल भएको हो । धकेलाधकेलकै बीचमा मार्सल प्रवेश गरेर अर्थमन्त्रीलाई रोष्ट्रम पुर्‍याइएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार