बजेट पेश गर्ने दिनसम्म संसद खुल्ने प्रधानमन्त्री प्रचण्डको विश्वास

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय संसदमा जारी अवरोध १५ जेठसम्म हट्ने विश्वास व्यक्त गरेका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले आफू केही दिनदेखि राजनीतिक दलहरुका बीचमा सहमति जुटाउन प्रयासरत रहेको बताए ।

‘आज बिहानमात्रै पनि मैले नेपाली कांग्रेसका सभापतिसहितका नेताहरूसँग सहमतिको प्रयास गरेको छु, आज र भोलिसम्म बजेट वक्तव्य पढ्ने बेलासम्म सहमति र समझदारी बन्नेछ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु । किनकी हामी त्यसको नजिकमै छौँ,’ प्रधानमन्त्री प्रचण्डले भ ने।

साथै, उनले संसद् बैठक अवरोध भइरहँदा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिनुपर्छ नमिठो लागेको अनुभव सुनाए । ‘आज बेलुका वा भोलि बिहानसम्म समझदारी बन्छ भन्ने कुरामा विश्वास राखेको छु,’ प्रधानमन्त्री प्रचण्डले भने ।

रोष्ट्रममा जवाफ दिन पुगेका प्रधानमन्त्री प्रचण्डले भने, ‘आज एक वर्षपछि सदन अवरोधको जो स्थितिको बीचमा मैले सदनमा उठेका प्रश्नहरूका् जवाफ दिनुपरेको छ, मलाई नमिठो लागेको छ, दुःख लागेको छ ।’ उनले यो अवस्थाको अन्त्य हुनुपर्ने बताए ।

साथै, उनले एक वर्षअघि नीति तथा कार्यक्रममाथि छलफल हुँदा आगामी वर्षबाट पर्याप्त छलफल हुने बताएको स्मरण गरे ।

‘गतसाल सरकारको नीति कार्यक्रमबारे उठेका छलफलको उत्तर दिने क्रममा अर्को सालदेखि नीति कार्यक्रम, बजेटको सिद्धान्तबारे पर्याप्त समय लिएर छलफल गर्ने, परिमार्जनको नयाँ प्रक्रिया सुरु गर्ने प्रतिवद्धता व्यक्त गरेको थियो,’ उनले भने ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार