जर्मनीका समकक्षीसँग राष्ट्रपति रामचन्द्र पौडेलको भेटवार्ता

जर्मनीको औपचारिक भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेल र जर्मनीका राष्ट्रपति फ्रयाङ्क वाल्टर स्टाइनमायरबीच भेटवार्ता भएको छ ।

जर्मनीको बर्लिनमा सोमबार उनीहरुबीच भेटवार्ता सुरू भएको राष्ट्रपति कार्यालयले जनाएको छ । जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा जर्मनी पुग्ने पौडेल दोस्रो नेपाली राष्ट्र प्रमुख हुन् ।

तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्य ३८ वर्षअघि जर्मनीको राजकीय भ्रमणमा गएका थिए । राष्ट्रपति पौडेललाई भेटवार्ताअघि जर्मन सरकारले गार्ड अफ अनरको सम्मान दिएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार