डढेलो निभाउँदा घाइते भएका तीनजना सैनिकको मृत्यु

काठमाडौँ । डोल्पाको ठुलिभेरी नगरपालिका-४ को मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा घाइते भएका तीन जना नेपाली सेनाको मृत्यु भएको नेपाली सेनाले जानकारी दिएको छ । उनीहरूको उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा काभ्रेका ३८ वर्षीय केशवबहादुर मगर र हुम्लाका २३ वर्षीय आशिष बुढा छन् ।

यसअघि सोमबार उपचारकै क्रममा जुम्लाका २८ वर्षीय हेमन्त रावलको मृत्यु भएको थियो । रावलको जिल्ला अस्पताल डोल्पामा मृत्यु भएको थियो भने मगर र बुढाको काठमाडौंको कीर्तिपुरस्थित जलन अस्पतालमा मृत्यु भएको हो । घाइते ३० वर्षीय प्युठ विजय कोइरालाको कीर्तिपुरमै उपचार भइरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार