सुदूरपश्चिम सरकार छाड्न नाउपा अध्यक्ष रञ्जिताको निर्देशन

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले सुदूरपश्चिम प्रदेश सरकार छाड्न संसदीय दलका नेतालाई निर्देशन दिएकी छन् ।

चौधरीले शुक्रबार प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीलाई लिखित निर्देशन दिएकी हुन् । १४ चैतमा टीकापुरमा बसेको पार्टी बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको भन्दै उनले पत्रमा लेखेकी छन्, ‘सोही बमोजिम सरकारबाट बाहिर आउन निर्देशन गर्दैछु, अन्यथा पार्टीको विधान आकर्षित गरिनेछ ।’

सुदूरपश्चिम सरकार भत्काउन र जोगाउने निर्णायक देखिएको नाउपामा सरकारमा रहने की छाड्ने भन्नेमा चर्को विवाद देखिएको छ ।

अध्यक्ष रञ्जिता सरकार छाडेर नयाँ गठबन्धनलाई साथ दिनुपर्ने पक्षमा छिन् भने उनका श्रीमानसमेत रहका पार्टीका संरक्षक रेशम चौधरी कांग्रेस नेतृत्वको सरकारमा रहनुपर्ने पक्षमा छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार