आईपीएलमा चेन्नईको लगातार दोस्रो जित

इन्डियन प्रिमियर लिग (आइपिएल) मा पाँच पटकको विजेता चेन्नईले लगातार दोस्रो जित हासिल गरेको छ । मंगलबार भएको खेलमा साविक फाइनलिस्ट गुजरातलाई ६३ रनले पराजित गर्दै चेन्नईले लगातार दोस्रो जित हासिल गरेको हो । यसअघि चेन्नईले जारी सिजनको पहिलो खेलमा बैंगलोरलाई ६ विकेटले पराजित गरेको थियो ।

टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईका लागि न्युजिल्यान्डका रचिन रविन्द्र र शिवम् दुवेले विस्फोटक इनिङ खेलेका थिए । उत्कृष्ट सुरुवात गरेको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय ६ रन बनाएको थियो । उसका लागि रचिनले २० बलमा ६ चौका र ३ छक्काको सहयोगमा ४६ रन बनाउँदा ऋतुराज गायकवाडले ४६ रन बनाए । उनीहरुले पहिलो विकेटका लागि ६२ रनको साझेदारी गरे त्यस्तै चौंथो नम्बरमा ब्यटिङका लागि आएका शिवम् दुवेको इनिङ चेन्नईलाई उच्च स्कोरमा पुर्‍याउन महत्वपूर्ण बन्यो । दुवेले २३ बलमा ५१ रन बनाएका थिए। त्यस्तै ड्यारीयल मिचेल २४ रनमा नटआउट रहँदा अजिंक्य रहाणेले १२ रन र रविन्द्र जडेजाले १४ रन बनाए ।

जवाफमा गुजरात निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रनमै समेटियो । उसका लागि लागि साइ सुदर्शनको ३७ रन सर्वाधिक रह्यो । उनी बाहेक ऋद्दिमान साहा र डेभिड मिलरले २१/२१ रन बनाउँदा विजय संकरले १२ तथा अजमतुल्लाह ओमरजाइले ११ रन बनाएका थिए । उमेश यादव १० रनमा अविजित रहे । चेन्नईका लागि दिपक चाहार, मुस्ताफिजुर रहमान र तुषारदेश पाण्डेले समान २/२ विकेट लिदा ड्यारी मिचेल र मथिसा पथिरनाले समान १/१ विकेट लिएका थिए ।

आइपिएल अन्तर्गत बुधबार सनराइजर्स हैदराबाद र मुम्बई इन्डियन्स हैदराबादमा साँझ ७स्४५ मा प्रतिस्पर्धा गर्दै छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार