इलाम-२ मा सुहाङको सुरुवाती अग्रता

प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत इलाम क्षेत्र नम्बर २ को प्रारम्भिक मतपरिणाम सार्वजनिक गरिएको छ । गणना सुरु भएको झण्डै दुई घण्टापछि सुरुवाती मतपरिणाम सार्वजनिक गरिएको हो ।

प्रारम्भिक मतपरिणामअनुसार, ४ सय ५२ मत गणना गर्दा एमालेका सुहाङ नेम्वाङले १ सय ६८ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमनले १ सय २, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूले ९३ र कांग्रेसका डम्बरबहादुर खड्काले ८९ मत पाएका छन् ।

२०७९ को चुनावमा निर्वाचित सुवास नेम्वाङको निधन भएपछि इलाम- २ मा उपनिर्वाचन भएको हो । इलाम-२ का एक लाख १५ हजार ८८९ मतदातामध्ये ६९ हजार २८७ मतदाताले शनिबारको उपनिर्वाचनमा मतदान गरेका थिए । मतदान अधिकृत र प्रहरीले गरेको टिपोट अनुसार यो ६० प्रतिशत हो ।

इलाम-२ मा दलका र स्वतन्त्र गरी १९ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार