इलाम–२: मतान्तर घटाउँदै एमालेका सुहाङ, घण्टी चौथोमा

इलाम–२ को उपचुनावअन्तर्गत जारी मतगणनामा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले मतान्तर घटाउँदै लगेका छन् ।

अहिलेसम्म फाकफोकथुम गाउँपालिकाको तीन वटा वडाको मत गणना गरिएको छ । अहिलेसम्म नेपाली कांग्रेसले झिनो मतले अग्रता लिएको छ ।

कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले एक हजार ६ सय ४३ मत ल्याएका छन् भने एमाले उम्मेदवार नेम्वाङले एक हजार ६ सय १ मत ल्याएर उनलाई पछ्याइरहेका छन् ।

यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले ४३७ र रास्वपाका मिलन लिम्बुले ३०५ मत पाएका छन् । फाकफोकथुमको तीन वटा वडाको गणना सकिँदा कांग्रेसको अग्रता कायमै छ ।

अहिले फाकफोकथुम गाउँपालिकाकै वडा नम्बर ४ मा खसेको मत गणना भइरहेको छ। अहिलेसम्म वडा नम्बर १, २ र ३ को गणना सकिएको निर्वाचन आयोगले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार