इलाम-२ को मतगणना शुरु हुदैं, प्रत्येक घण्टाको गणना डिस्प्लेमा सार्वजनिक गर्ने

प्रतिनिधि सभा उपचुनावअन्तर्गत् इलाम—२ को मतगणना अहिले बिहान ७ बजेबाट सुरू हुँदैछ। शनिबार भएको चुनावमा मतमेटिका ल्याउन ढिलाइ भएपछि अहिले बिहानबाट मतगणना हुन लागेको हो। इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवकाअनुसार बिहान ७ बजे सर्वदलीय बैठक बस्नेछ। त्यसपछि मतगणना आरम्भ हुने उनले बताए।

संविधानसभा अध्यक्ष सुवास नेम्वाङ निर्वाचित इलाम–२ मा उनको निधन भएपछि उपनिर्वाचन भएको हो। शनिबार भएको मतदानमा ६० प्रतिशत मत खसेको थियो। यो क्षेत्रमा १ लाख १५ हजार ८८९ मतदाता छन्। तीमध्ये ६९ हजार २८७ जनाले मतदान गरेका छन्।

इलामका ७९ मतदान स्थलका १४९ वटै मतदान केन्द्रका मतपेटिका सदरमुकाम ल्याइपुर्‍याइसकिएको छ। चुलाचुली, माङसेबुङ र फाकफोकथुम गाउँपालिका र देउमाई नगरपालिकाका सबै वडा, इलाम नगरपालिकाका १० नम्बर बाहेकका सबै ९११ वटै० र माई नगरपालिकाका ६, ७ र ८ गरी कुल ४२ वडा इलाम–२ मा पर्छन्।

मतगणनाका लागि सदरमुकामस्थित सिटी हलमा व्यवस्था गरिएको छ। सिटीहलको एउटा कोठामा तारजाली लगाएर गणक मात्र भित्र बस्न मिल्ने र प्रतिनिधि बाहिरै बस्ने गरी गणनास्थल तयार गरिएको छ ।
निर्वाचन अधिकृतका अनुसार गणनास्थलमा ११ वटा सिसी क्यामरा जडान गरिएका छन्। ’गणनाको अंक प्रत्येक घन्टा सार्वजनिक गर्ने तयारी छ,’ यसलाई इलाम चोक बजारको डिस्प्लेमा समेत मतगणनाको नतिजा सार्वजनिक गर्दै जाने तयारी गर्दैछौं।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार